प्रहरीका रिटायर्ड अधिकारीले अदालतमै २ जनालाई मारे, सुरक्षाकर्मीले उनलाई पनि मारिदिए
बैंकक। थाइल्याण्डको अदालतमा मंगलबार प्रहरीका एक रिटायर्ड मेजर जनरलले वादविवादपछि अन्धाधुन्ध गोली चलाए । मेजर १० वर्ष पुरानो जमिन विवादको फैसलाको लागि अदालत पुगेका थिए । यस घटनामा देशका प्रसिद्ध वकिल र उनका सहायकको मृत्यु भएको छ । दुई अन्य गम्भीर रुपले घाइते छन् । गोलीकाण्डमा अदालतको सुरक्षामा तैनाथ गार्डले गोली हानेर मेजरलाई पनि मारिदिए ।
घटना चंथाबुरी प्रान्तको हो । थाइ रथ अखबारका अनुसार न्यायाधीश आउनुभन्दा पहिले ९ बजे मेजर जनरल थानिन चंत्रातिप र उनका विरोधी पक्षका मानिसहरु अदालतमा बसेका थिए । दुवै पक्ष १५०० एकड जमिनको १० वर्ष पुरानो विवादमा फैसलाको प्रतिक्षा गरिरहेका थिए ।
इजलास कक्षमा जनरल चंत्रातिप र वकिल प्लेनटिफका बीचमा विवाद भयो । वकिलकी पत्नी र अन्य २–३ जना पनि यो झगडामा मिसिए । विवादका क्रममा जनरलले आफ्नो पेस्तोल निकालेर वकिल र उनका साथीहरुमाथि गोली चलाए । प्लेनटिफ र उनका सहायकको घटनास्थलमै मृत्यु भयो । वकिलकी पत्नी र अन्य एक वकिल घाइते छन् ।
Facebook Comment