वडाध्यक्षमा चार जनाको उम्मेदवारी

डिसी नेपाल
२७ कार्तिक २०७६ १८:०६

डोटी । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको हो ।

जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउद, राप्रपाका काशिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए ।

२ हजार ४ सय उनसाठी मतदाता रहेको सो वडामा तीनवटा मतदान स्थल रहेको समेत अधिकृत काफ्लेले बताए । कुल मतदाता मध्य १ हजार ४३ प्रुष र १ हजार ४ सय सोह्र जना महिला रहेका छन् ।

यसअघि तत्कालिन नेकपा एमालेबाट निवार्चित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *