स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

डिसी नेपाल
२७ कार्तिक २०७६ २२:४२

काठमाडाैं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *