एसीसी इमर्जिङ कपः नेपालले आज भारतसँग खेल्दै

डिसी नेपाल
२८ कार्तिक २०७६ ७:०२

काठमाडौं । बंगलादेशमा आजदेख सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबिचको खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेबाट सुरु हुनेछ ।

बलियो तथा उपाधिको दावेदार टिम भारतको टिममा एशिया कप र आइपीएल खेलेका खेलाडी समावेश रहेका छन । यसअघि यू–१९ टिमबाट विश्वकप तथा एशिया कप खेलिसकेका खेलाडीलार्इ समावेश गरेर भारत टिम ब‌ङ्गलादेश पुगेको छ ।

यता भने नेपालका २ मुख्य खेलाडी पारस खड्का र सन्दिप लामिछाने टिममा छैनन् । युवा खेलाडीलाइ समेटेर ज्ञानेन्द्र मल्लको कप्तानीमा पुगेको टिमका लागि पहिलो खेल नै चुनौतिपूर्ण हुनेछ । कप्तान ज्ञानेन्द्र मल्लले पनि युवा टिम भएकाले केहि चुनौती रहेको बताए ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *