राजाले सेवकलाई सोधे–तिम्रो इच्छा के छ? सेवकले भने…

डिसी नेपाल
२८ कार्तिक २०७६ ८:३९

काठमाडौं। भक्ति गर्दा भगवानसँग कुनै पनि शर्त राख्नु हुँदैन। जबकि अधिकांश मानिस भगवानको पूजा पाठ गर्दा केही न बेही वर माग्छन्। यो विषयमा एउटा प्रचलित लोककथा छ। कथामा सच्चा भक्तले कस्ता विषयमा ध्यान राख्नुपर्छ भन्ने कुरा बताइएको छ।

प्राचीन समयमा राजदरबारमा एक जना नयाँ सेवक नियुक्त गरियो। राजाले सेवकसँग उनको नाम सोधे। सेवकले राजालाई तपाइँले जे नामले बोलाउनुहुन्छ, मेरो त्यही नाम हुनेछ भने।

राजाले ठिकै छ भने। अनि फेरि उसलाई के खाने भनेर सोधे। सेवकले तपाइँले जे दिनुहुन्छ, म त्यही खुशी भएर खान्छु भने। राजाले फेरि उसलाई तिमीलाई कस्तो कपडा लगाउन मन पर्छ भनेर सोधे। सेवकले राजालाई जस्तो कपडा दिनुहुन्छ म त्यही कपडा खुशी भएर लगाउँछु भने।

राजाले सेवकलाई कुन काम गर्न मन पर्छ भनेर सोधे।

सेवकले तपाइँले जुन काम गर्न भन्नुहुन्छ म त्यही काम खुशीसाथ गर्छु भने।

राजाले अन्तिम प्रश्न सोधे तिम्रो इच्छा के छ?

सेकवले भने–महाराज! एक जना सेवकको कुनै इच्छा हुँदैन। मालिकले जे भन्छ सेवकले त्यही गर्नुपर्छ।’

यो जवाफ सुनेर राजा निकै खुशी भए र सेवकलाई आफ्नो गुरु बनाए। राजाले सेवकसँग भने–आज तिमीले मलाइ निकै ठूलो शिक्षा दियौ। यदि हामीले भक्ति गर्छौं भने भगवानसँग कुनै प्रकारको अपेक्षा गर्नु हुँदैन। तिमीले के बुझायौ भने भगवानको सेवक कस्तो हुनुपर्छ।’

यो कथाबाट के शिक्षा पाइन्छ भने भगवानको भक्ति गर्ने मानिसले भगवानसँग कुनै शर्त राख्नु हुँदैन। त्यसो भयो भने मात्र मनमा शान्ति र भगवानको विशेष कृपा प्राप्त हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *