ईब्राहिमोविचले छाडे एलए ग्यालेक्सी

डिसी नेपाल
२८ कार्तिक २०७६ १०:०४

एजेन्सी । ज्लाटन ईब्राहिमोविचले मेजर लिग सकर क्लब एलए ग्यालेक्सी छाड्ने घोषणा गरेका छन् । स्विडेनका अन्तराष्ट्रिय स्टार ज्लाटनले दुई सफल सिजन पश्चात एलए ग्यालेक्सी छाड्न चाहेको बताएका हुन् ।

उनले दुई सिजन क्लबमा बिताएपछि क्लब छाड्नुपर्ने अनुभूती भएको उल्लेख गर्दै ग्यालेक्सी छाड्ने निश्चित भएको बताएका हुन् । स्विडेनका पुर्व फरवार्ड ३८ बर्षका ज्लाटनले दुई सिजनमा ५३ खेलमा ५२ गोल गर्न सफल रहे ।

उनी सन् २०१८ को मार्चमा एलए ग्यालेक्सी आएका थिए । ‘तिमीले ज्लाटन चाह्यौ । मैले ज्लाटन दिए । सबैलाई स्वागत छ ।’ ज्लाटनले समाजिक सञ्चालमा ग्यालेक्सीका प्रशंसकसंग बिदा माग्दै भनेका छन् । ज्लाटन ईटालियन सिरि ए क्लब एसी मिलानसंग पछिल्लो समय जोडिएका छन् । उनले सन् २०१० बाट २०१२ सम्म सो क्लबबाट खेलेका थिए ।

‘जब उनी २०१८ मा आए । उनले लस एन्जल्सका फुटबललाई सकारात्मक रुपमा प्रभावित गरे । हामी उनको नैतिक र उत्साहसंग काम गर्न पाउँदा निकै धन्य छौ ।’ एलए ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले भने, ‘हामी उनको व्यवसायीकताका लागि धन्यवाद दिन चाहन्छौ । लस एन्जल्स समुदाय र उत्तरी अमेरिकाको फुटबलमा पारेको प्रभावलाई लिएर आभार प्रकट गर्न चाहन्छौ ।’

उनी दुवै सिजन एमएलएसका उत्कृष्ट ११ खेलाडीको टिममा पर्न सफल रहे । उनको सम्झौता यसै बर्षको अन्त्यमा सकिदै थियो । उनलाई ग्यालेक्सीले अझै दुई बर्ष सम्झौता नविकरणका लागि आग्रह गर्दै आएका थियो । तर ईटालियन क्लब एसी मिलान ज्लाटनलाई लिन निकै ईच्छुक देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *