आज झन् उर्लियो सुनको भाउ, चाँदी पनि बढ्यो
काठमाडौँ । साताको पाँचौं दिन बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ झने बढेको छ । हिजो बुधबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार तेजावी सुन पतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।
यसअघि चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो आइतबार
छापावाल सुन : ७१ हजार
तेजावी सुन : ६९ हजार ९ सय
चाँदी : ८ सय ४०
सोमबार/मंगलबार
छापावाल सुन : ७१ हजार २ सय
तेजावी सुन : ७० हजार ९ सय
चाँदी : ८ सय ४५
बुधबार
छापावाल सुन : ७१ हजार ४ सय
तेजावी सुन : ७१ हजार १ सय
चाँदी : ८ सय ४५ रुपैयाँ
Facebook Comment