समाजवादी पार्टीको संघीय परिषद बैठक सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा

डिसी नेपाल
२८ कार्तिक २०७६ ११:४८

काठमाडौं। समाजवादी पार्टी नेपालको संघीय परिषदको बैठक आजदेखि सुरु भएको छ । बैठकमा राष्ट्रिय जनता पार्टीँसँग एकता प्रक्रिया र सरकारमा बस्ने वा नबस्ने भन्ने विषय मुख्य एजेण्डा भएको पार्टीका महासचिव रामसहाय यादवले बताए । केही समय अघिदेखि समाजवादी र राजपाबीच एकीकरणको प्रयास थालिए पनि यस विषयमा ठोस प्रगति हुन सकेको छैन । यस विषयमा आजको बैठकमा छलफल हुनेछ ।

संघीय समाजवादी पार्टी नयाँ शक्तिसँग एकता हुनुभन्दा पहिल्यै सरकारमा सहभागी थियो । उपेन्द्र यादवको नेतृत्वमा संघीय समाजवादी सरकारमा सहभागी भएको थियो । तर, पछि नयाँ शक्तिसँग एकता भएपछि नयाँ शक्तिका तत्कालीन संयोजक बाबुराम भट्टराईले निरन्तर रुपमा सरकार छाड्न दबाब दिइरहेका छन् । उपेन्द्र यादव स्वयं भने सरकार छाड्ने पक्षमा नभएको भए पनि निरन्तर दबाबले उनलाई अप्ठ्यारो परेको छ।

अर्कोतर्फ उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्तुष्ट छैनन् । सरकारमा बसेर सरकारकै आलोचना गरेको भन्दै प्रधानमन्त्री यादवसँग असन्तुष्ट भएका हुन् । पार्टीभित्रैबाट निरन्तर दबाब र प्रधानमन्त्रीको समेत असन्तुष्टिका कारण उपेन्द्र सरकार छाड्ने दबाबमा छन् । उता प्रधानमन्त्री ओली समेत समाजवादीको निर्णय पर्खेर बसेका छन् । प्रधानमन्त्री स्वास्थ्उ उपचारको लागि जाने कार्यक्रम रहेकोले त्यसअघि नै समाजवादीले सरकार छाड्ने निर्णय गरेमा समाजवादीका मन्त्री भएको मन्त्रालयमा नेकपाका नेतालाई व्यवस्थापन गर्ने प्रधानमन्त्रीको तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *