सन्तले शिष्यलाई नदी किनारमा लिएर गए र भने–नदी सुकेपछि तर्नुपर्छ
काठमाडौं। पुरानो लोक कथाका अनुसार एक व्यक्तिको जीवनको धेरै समस्या थिए। बाल्यकालदेखि ती व्यक्तिको समस्याको सामना गर्नु परेको थियो। बुवाको देहान्त भएको थियो। बाल्यकालमा नै उसको काँधमा आमा भाइ बहिनीको पालन–पोषणको जिम्मेवारी आयो।
उमेरसँगै उसको विवाह पनि भयो। तर विवाहपछि उसको समस्या झन बढ्न थाले। जीवनका एउटा समस्या समाधान हुन नपाइ अर्को आइहाल्थ्यो। जीवनदेखि हार खाएर उनी एक दिन एक जना प्रशिद्ध सन्तकहाँ गए।
ती व्यक्तिले सन्तसँग आफूलाई शिष्य बनाउन आग्रह गरे। ‘म हैरान भएँ, निकै दुखी छु,’ उनले भने। सन्त उनलाई शिष्य बनाउन तयार भए। उनले ती व्यक्तिसँग दुखको कारण सोधे। ती व्यक्तिले भने–गुरुजी, एउटा समस्या समाधान हुन नपाइ अर्को आइहाल्छ। यस कारण म निकै दुखी छु। कुनै पनि काममा सफलता प्राप्त हुँदैन।’
सन्तले भने–म तिम्रो दुखको हल बनाउँछु। अहिले तिमी मसँग हिँड। गुरु नयाँ शिष्यलाई लिएर नदी किनारामा गए। शिष्य पनि गुरुसँगै उभिए।
केही बेरपछि शिष्यले गुरुसँग भने–गुरुदेव, हामीले नदी पार गर्ने हो भने यहाँ किन उभिएका?’
सन्तले जवाफ दिए–हामी यो नदी कहिले सुक्छ भनेर कुरिरहेका छौं। जब यो नदी सुक्छ तब हामी सजिलैसँग पारि जान सक्छौं।’
शिष्यलाई आश्चर्य लाग्यो। उनले भने–गुरुजी तपाइँले कस्तो कुरा गर्दै हुनुहुन्छ? नदीको पानी कहिले र कसरी सुक्छ? हामीले नदीलाई अहिले नै पार गर्नुपर्छ।’
सन्तले भने–म तिमीलाई यही कुरा बुझाउन चाहन्थेँ। जीवनमा पनि समस्या आउँदै गर्छ। तर समस्यासँग भाग्नु हुुँदैन। समस्याको समाधान गर्ने हो। हामी अगाडि बढ्दै गयौं भने समस्याको हल आफैं हुन्छ। यदि रोकियौं भने कहिल्यै पनि समस्याबाट मुक्ति पाइँदैन।’ सन्तको कुरा उनले बुझे र उनको त्यो दिनदेखि सोचमा परिवर्तन आयो।
Facebook Comment