आइपिएलः कुन टिमले कुन-कुन खेलाडीलाई रिलिज गर्दैछन् ?

डिसी नेपाल
२९ कार्तिक २०७६ ११:३४

काठमाडौं। विश्वकै सर्वाधिक ठूलो मानिएको टि–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा टिमहरुले खेलाडी किनबेच गर्ने समय सकिएको छ । बिहीबार खेलाडी किनबेचको अन्तिम समय थियो । अन्तिम समयसम्म खेही टिमले केही खेलाडी किनबेच गरेका छन् । अब कुन टिमले कुन कुन खेलाडीलाई रिटेन गर्छन् र कुन खेलाडीलाई रिलिज गर्छन् भन्ने चासोको विषय बनेको छ । क्रिकेटसम्बन्धी सबैभन्दा ठूलो वेबसाइट क्रिकइन्फोले आफ्नो स्रोत र सूचनाको आधारमा ८ वटै टिमले रिलिज गर्नसक्ने सम्भावित खेलाडीको सूची तयार पारेको छ ।

मुम्बइ इण्डियन्सः जेसन बेहरेन्ड्रफ (१ करोड), बेन कटिङ (२.२ करोड), ब्युरन हेरड्रिक्स (५० लाख)

चेन्नइ सुपरकिंग्सः मोहित शर्मा (५ करोड), डेभिड विली (२ करोड), स्कट कग्लिन (५० लाख), साम बिलिंग्स (१ करोड)

रोयल च्यालेन्जर्स बैंगलोरः मार्कुस स्टोइनिस (६.२ करोड), कोलिन डि ग्राण्डहोम (६.२ करोड), शिमरन हेटमेयर (४.२ करोड), हेनरिक क्लासन (५० लाख), टिम साउदी (१ करोड),

सनराइजर्स हैदराबादः मार्टिन गुप्टिल (१ करोड), शाकिब अल हसन (२ करोड), युसुफ पठान (१.९ करोड)

कोलकाता नाइटराइडर्सः रोबिन उथप्पा (६.४ करोड), कमलेश नागरकोटी (३.२ करोड), कार्लोस ब्रेथवेट (५ करोड), जो डेन्ली (१ करोड), क्रिस लिन (९.६ करोड)

दिल्ली क्यापिटल्सः अमित मिश्रा (४ करोड), क्रिस मोरिस (११ करोड), कोलिन इन्ग्राम (६.२ करोड), हनुमा विहारी (२ करोड)

किंग्स ११ पंजाबः वरुण चक्रवर्ती (८.४ करोड), सिमरन सिंह (४.८ करोड), एन्ड्रयु टाय (७.२ करोड), साम कुर्रान (७.२ करोड), हार्डुस भिल्जोइन (७५ लाख), मोइस हेनरिक्स (१.५ करोड)

राजस्थान रोयल्सः जयदेव उनादकट (८.४ करोड), इश सोधी (५० लाख), ओशाने थोमस (१.१ करोड)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *