नागरिकको जीवन सुखमय बनाउन सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको बताएका छन्।
मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न सबैलाई आग्रह गरे। शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामासबैको सहभागिता अनिवार्य रहेको बताए।
त्यस अवसरमा उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने बताए। चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने उल्लेख गरे।
मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरे।
Facebook Comment