कैलालीमा इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु
कैलाली । ‘गन्तव्य एजुकेशन फाउण्डेसन कैलाली’को आयोजनामा यहाँ गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर माध्यमिक विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पहिलो दिन आज सात खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुललाई ९–० गोलले पराजित गरेको छ । पञ्चोदयका लागि सुशिल विकले दोहोरो ह्याट्रिक गरे । रोशन विकले दुई तथा हिमाल सिंहले एक गोल गरे ।
दोस्रो खेलमा आइएचआइटी कलेजले लाइफ लाइन कलेजलाई ३–१ गोलले हरायो । आइएचआइटीका लागि वासुदेव बोहोराले दुई तथा उत्तम मगरले एक गोल गरे ।
लाइफ लाइनका लागि विनोद थापाले एक गोल गरे । तेस्रो खेलमा ऐश्वर्य विद्या निकेतनले सहारा होटेल म्यानेजमेन्टलाई ५–० गोलले जित्यो । ऐश्वर्यका लागि जिरत सेख, विनोद बम, अवदेश खड्का, सुभम श्रेष्ठ र विजयविक्रम भण्डारीले एक÷एक गोल गरे ।
यस्तै चौथो खेलमा टेम्पल होटेल म्यानेजमेन्टले एक्सीस विद्याश्रमलाई ११–३ गोलले हरायो । टेम्पलका लागि विनोद खत्रीले दोहोरो ह्याट्रिक गर्दा डवल मन्नी र रोहित चौधरीले दुई÷दुई तथा महेश कलेलले एक गोल गरे ।
एक्सीसका लागि आदेश चौधरीले दुई तथा सुनिल बोहोराले एक गोल गरे । पाँचौँ खेलमा त्रिनगर माविले लिटिल फ्लावरलाई ५–२ गालले पराजित गर्यो । त्रिनगरका लागि लक्ष्मण दमाईले चार तथा हरि पार्कीले एक गोल गरे । लिटिल फ्लावरका लागि दीपेन्द्र जोशी र सलोन तामाङले एक÷एक गोल गरे ।
छैटौँ खेलमा नेक्सस एजुकेशनले आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनलाई ७–० गोलले हरायो । नेक्ससका लागि सुरज रावल र योगेश रावलले ह्याट्रिक गरे भने कुवेर शाहीले एक गोल गरे ।
सातौँ खेलमा हिलवल्र्ड स्कुलले बाई पायो । आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका खेल संयोजक मुकुन्दबहादुर सिंहका अनुसार प्रतियोगितामा १३ विद्यालय सहभागी छन् । विजेताले रु २२ हजार २२२ तथा उपविजेताले रु ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछ ।
Facebook Comment