पेनाल्टी चुकाएका मेस्सीले लगत्तै गोल गरेर अर्जेन्टिनालाई उपाधि दिलाए

डिसी नेपाल
३० कार्तिक २०७६ ६:२५

एजेन्सी । कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको हो ।

साउदी अरबको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे। मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।

सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *