दोस्रो खेलमा पनि नेपाल भारतसँग पराजित

डिसी नेपाल
३० कार्तिक २०७६ ९:२७

काठमाडौं । भारतको राष्ट्रिय टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ ।

बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५–० को सेटमा पराजित भएको हो । साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५–१९, २५–१४, २९–२७, २७–२५ र २५–२१ ले पराजित भएको हो ।

यस अघि पहिलो खेलमा नेपाल ४–१ को सेटमा पराजित भएको थियो । वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब सोमबार तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *