आइपिएलमा अक्सनबाट २९ विदेशीसहित ७३ खेलाडी छानिने

डिसी नेपाल
३० कार्तिक २०७६ १०:३७

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिमले आउदो सिजनका लागि खेलाडी रिटेन गर्ने र रिलिज गर्ने प्रक्रिया पुरा गरेका छन् ।

अब आगामी डिसेम्बर १९ मा कोलकोतामा हुने खेलाडी अक्सनका लागि सबै टिमले आफ्नो तयारी गरेका छन् । सबै टिमले कुल ३५ विदेशी खेलाडीसहित १२७ खेलाडी रिटेन गरेका छन् ।

हरेक टिमले बढीमा ८ विदेशी खेलाडीसहित २५ खेलाडीको टिम बनाउन सक्ने नियम रहेको छ ।

अहिलेको स्थिति हेर्दा चेन्नई सुपरकिंग्सले सबैभन्दा धेरै २० खेलाडीलाई रिटेन गरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले १२ खेलाडी रिलिज गरेको छ । अब खेलाडी अक्सनमा कुल २९ विदेशी खेलाडीसहित ७३ खेलाडी मात्र अक्सनबाट छानिने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *