सङ्घीय सांसद राईलाई पितृशोक, अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण

डिसी नेपाल
३० कार्तिक २०७६ १२:२८

सोलु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई (शुरवीर) लाई पितृशोक परेको छ । सांसद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ वर्षको उमेरमा निधन भएको थियो।

दम रोगबाट पीडित नरबहादुर केही दिनदेखि शिक्षण अस्पताल महारजगञ्जमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षण अस्पतालमै पुगेर उनको पार्थीव शरीरमा श्रदाञ्जलि अर्पण गर्दै पार्टीको झण्डा ओढाए ।

श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, काङ्ग्रेस नेता प्रकाशसिंह कार्की, थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष एवं गाउँपालिका महासङ्घ प्रदेश नं १ का कोषाअध्यक्ष असिम राईलगायत नेताहरु अस्पताल पुगेका थिए ।

श्रद्धाञ्जलि पश्चात नरबहादुरको पार्थीव शरीर अन्तिम दाहसंस्कारको लागि आजै हेलिकोप्टरमार्फत गृहजिल्ला सोलुखुम्बु ल्याउने तयारी भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *