आचारसंहिता उल्लङ्घन रोकिनुपर्छ : सभापति देउवा

डिसी नेपाल
३० कार्तिक २०७६ १४:५०

कञ्चनपुर। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लङ्घन रोकिनुपर्ने बताएका छन् । पुनर्वास नगरपालिका–३ मा आज आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा उनले उपनिर्वाचनका बेला सरकारी गाडीको दुरुपयोग बढेकाले तत्काल रोकिनुपर्ने बताए ।

काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा चुनावी मैदानमा रहेका दीप तामाङको चुनावी प्रचारप्रसारका लागि पुगेका सभापति देउवाले वडाका सबै सडक कालोपत्रे गर्ने कार्यसँगै यस क्षेत्रको समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताए । पार्टीका उम्मेदवार तामाङलाई विजयी बनाउन सबै वडावासीको सहयोगको खाँचो रहेको उनले बताए ।

यसैबीच, बेलडाँडी गाँउपालिकाको चवन्नी बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा पूर्वप्रधानमन्त्री देउवाले हुलाकी सडक निर्माणको कार्य आफ्नै कार्यकालमा प्रारम्भ गरिएको बताए । “निर्माणको कार्य पूरा गर्ने जिम्मा वर्तमान सरकारको हो,” उनले भने, “समयमै निर्माणको कार्य पूरा भए यस क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाउने छन् ।”

“विकास निर्माण, सुशासनका कार्य अगाडि बढाउन सरकारले चासो दिए हामी सघाउन हामी तयार छौँ”, उनले भने । यसैक्रममा पार्टी सभापति देउवाले आजै बेलौरी नगरपालिका–७ मा निर्माणाधीन कालिका मन्दिरको अवलोकनसमेत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *