दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता तथा जुनियर एनटीआरका पिताको सडक दुर्घटनामा निधन

डिसी नेपाल
१३ भदौ २०७५ ६:४०

एजेन्सी । आन्द्र प्रदेशका पूर्व मुख्यमन्त्रि एनटी रामारावका छोरा नंदामुरी हरिकृष्णको आज सडक दुर्घटनामा निधन भएको छ।

६२ वर्षीय नंदामुरी दक्षिण भारतीयका अभिनेत्रा र राज्यसाभा सांसद थिए। नंदामुरी हरिकृष्णा दक्षिण भारतीका चर्चित अभिनेता जूनियर एनटीआरका पिता हुन्।

हरिकृष्णाका अर्का छोरा कल्याण राम पनि दक्षिण भारतीय फिल्मका अभिनेता हुन्। हरिकृष्ण टीडीपी पोलिट ब्यूरो सदस्य र आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडूका भिनाजु हुन्। साथीको विवाहमा सहभागी हुन नेल्लोर जाने क्रममा दुर्घटनामा परी उनको निधन भएको थियो। दुर्घटनामा घाइते भएका हरिकृष्णालाई अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

स्न २०१४ सालमा पनि हरिकृष्णका छोराको पनि नालगोडामा सडक दुर्घटनामा परी ज्यान गएको थियो। यही स्थानमै आज बाबु हरिकृष्णाको पनि दुर्घटनामा ज्यान गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *