उपनिर्वाचन २०७६ : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

डिसी नेपाल
३० कार्तिक २०७६ २२:४५

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *