पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

डिसी नेपाल
३० कार्तिक २०७६ २३:१७

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्ने उल्लेख गरे ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए।

वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *