ट्रम्प अर्को महिना बेलायत जाने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् ।
नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उनि बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने ।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ ।
आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उहाँले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने भएका छन् ।
प्रतिक्रिया
Facebook Comment