सरकारबाट बाहिरिन दवाब दिनेलाई उपेन्द्र यादवको यस्तो तर्क

डिसी नेपाल
१ मंसिर २०७६ ९:०५

काठमाडौं। समाजवादी पार्टी तत्काल सरकारबाट बाहिरिने संभावना टरेको छ। पार्टी भित्रबाट सरकारबाट बाहिरिन चर्को दबाव आएपनि अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट बाहिरिनु नहुने भन्दै कार्यकर्तालाई ‘कन्भिन्स’ गरेका हुन्।

बिहीबार बसेको समाजवादी पार्टीको संघीय परिषद बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकारबाट बाहिरिनुपर्ने आशयको राजनीतिक प्रस्ताव पेश गरेका थिए। बैठकमा कार्यकर्ताले पार्टी सरकारमा सहभागी भएको औचित्य पुष्टि नभएको भन्दै सरकारबाट बाहिरिनु पर्ने बताएका थिए।

तर अध्यक्ष उपेन्द्र यादवले भने पार्टी सरकारमा सहभागी हुनुको औचित्यका बारेमा प्रस्ट्याएका थिए। बैठकमा उपेन्द्र यादवले सरकारमा सहभागी हुनु र सरकारबाट बाहिरिँदाको अवस्थाका बारेमा विश्लेषण गरेका थिए।

‘कम्तिमा पनि उपनिर्वाचन अगाडि सरकारबाट बाहिरिने कुरामा अहिलेलाई टरेको छ,’ समाजवादी पार्टीका नेता डा. शिवजी यादवले डिसी नेपालसँग भने, ‘अध्यक्षजीले बैठकमा सरकारमा सहभागी हुँदा र सरकारबाट बाहिरिँदाको अवस्थामा विश्लेषण गर्नु भयो। उहाँको विश्लेषणपछि तत्काल सरकारबाट बाहिरिने कुरा हट्यो।’

पूरै संविधान नै परिवर्तन गर्न नसकेपनि संशोधनको माध्यमबाट अगाडि बढ्नुको विकल्प छैन्। संविधान संशोधन गर्न सरकारमै सहभागी भएर भूमिका निर्वाह गर्न सकिन्छ।

बर्तमान राज्य व्यवस्था र परितर्वन ल्याउन आफूहरुको पनि मुख्य भूमिका रहेको भन्दै अहिले सरकारबाट बाहिरिए प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको दाबी गरेका थिए। ‘अहिलेको व्यवस्था ल्याउन हाम्रो पनि मुख्य भूमिका छ,’ बैठकमा यादवले भनेका थिए, ‘हामीले संविधान च्यातेपनि निर्वाचनमा सहभागी भएपछि जुन जनादेश आयो, उक्त जनादेशले संविधानलाई स्वीकार्न बाध्य बनायो। पूरै संविधान नै परिवर्तन गर्न नसकेपनि संशोधनको माध्यमबाट अगाडि बढ्नुको विकल्प छैन्। संविधान संशोधन गर्न सरकारमै सहभागी भएर भूमिका निर्वाह गर्न सकिन्छ।’

बैठकमा यादवले राजपासँगको एकता प्रयासका विषयमा पनि जानकारी गराएका थिए। उनले राजपाले एकतका लागि सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको जानकारी दिँदै सरकारबाट बाहिरिने शर्तमा एकता नहुने जानकारी गराएका थिए।

‘हामीलाई सरकारबाट बाहिर ल्याएर राजपा सरकारमा सहभागी हुने चाल चलेको हुन सक्छ,’ बैठकमा यादवले भनेका थिए, ‘हामी भन्दा बढी सरकारमा सहभागी भएका नेता आजपनि राजपामा छन्। हामीलाई सरकारबाट बाहिर ल्याएर आफू सरकारमा जान राजापले यो शर्त राखेको हुन सक्छ। सरकारबाट बाहिरिने शर्तमा राजपासँग एकता हुन सक्दैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *