चिलीकी चर्चित गायिका अवार्ड समारोहमा नांगिएपछि…
एजेन्सी। चिलीकी चर्चित गायिका मोन लाफर्ते लाटिन ग्रयामी एउटा शोका क्रममा टपलेस भएकी छन्। सरकारको विरोध गर्ने क्रममा उनी टपलेस बनेकी हुन्।
लस वेगसमा ३६ वर्षीया गायिका तथा गीतकार मोन लाफर्ते रेड कार्पेटमा अवार्ड समारोहमा भाग लिन आएकी थिइन्। उनले चिलीमा प्रहरीको दमन विरुद्धमा शरीरमा लगाएको कपडा उतारेर विरोधी जनाएको बीबीसीले जनाएको छ।
रेड कार्पेटमा पुगेकी मोन एक ठाउँमा पुगेपछि उभिइन् र उनले आफूले लगाएको कालो ज्याकेट उतारिन्। उनको छातिमा लेखिएको थियो–चिलीमा ती बलात्कार र प्रताडित गरेर मानिसहरुको हत्या गरिएको छ। चिलीमा मानिसहरु एक महिला भन्दै धेरै समयदेखि सरकारी उपेक्षा र आर्थिक गैरबराबरी विरुद्ध प्रदर्शन गरिरहेका छन्।’
यो विरोध प्रदर्शनमा हालसम्म २० जना भन्दा धेरैको ज्यान गइसकेको छ। यी मध्ये पाँच जनाको मृत्यु सुरक्षाकर्मीबाट भएको बताइएको छ। सुरक्षाकर्मीमाथि प्रताडना, बलातकार र हिंसा भड्काएको आरोप लगाइएको छ।
प्रहरीले पेलेट गनको प्रयोग गरेका कारण धरैले आफ्नो आँखाको ज्याति गुमाएका छन्। हजारौं मानिसलाई पक्राउ गरिएको छ। यद्यपी पछि उनीहरुलाई रिहा गरिएको छ।
मोन लाफर्ते लाटिन ग्रयामी अवार्डमा बेस्ट अल्टर्नेटिभ एल्बम अवार्डमा सहभागी हुन आएकी थिइन्। उनले उक्त अवार्ड चिलीका जनतालाई समर्पित गरेकी छन्। मोनले यो अवार्डको एउटा फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। उनले लेखेकी छन्–मेरो शरीर एक स्वतन्त्र मातृभूमिका लागि स्वतन्त्र छ।’ यो फोटोमा मोन टपलेश छिन्। उनले छातिमा आफ्नो विरोध लेखेकी छन्।
?????? pic.twitter.com/C9rduABJ9f
— Gary Medel (@MedelPitbull) November 13, 2019
चिलीका कलाकार, खेलाडी र महिलाले सरकार विरोधी प्रदर्शनमा खुलेर साथ दिएका छन्। चिलीमा प्रदर्शनको सुरुवात महानगरमा भाडा बृद्धिको विरोधमा भएको थियो। तर पछि यो प्रदर्शन सरकार विरोधी बन्न पुग्यो। अहिले प्रदर्शनकारीले तानाशाह अगस्ट पिनोचेटले स्थापित गरेको राजनीतिक र आर्थिक व्यवस्था परिवर्तन गर्नु पर्ने रहेको छ।
चिलीका राष्ट्रिय टिमका फुटबल खेलाडीले अघिल्लो हप्ता पेरु विरुद्धको खेल नखेल्ने निर्णय गरेका थिए। चिली फुटबल टिमका कप्तान गैरी मेडलले भने–हामी फुटबलर हौं। तर हामी त्यो भन्दा पहिला जनता र नागरिक हौं। अहिले हाम्रो लागि चिली फुटबले खेल भन्दा महत्वपूर्ण छ।’
Facebook Comment