राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने तयारीमा दिगो विकास समिति

डिसी नेपाल
१ मंसिर २०७६ १८:३६

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ ।

समितिको आईतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडाैं तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

समितिले सप्तरी, धनुषा, दैलेख, जाजरकोट, कञ्चनपुर र दार्चुलामा भौतिक पूर्वाधार एवं सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी सिंहदरबारभित्र बनाईएको दिगो विकास श्रोत केन्द्रको मंसिर ८ गते उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *