टी टेन लीग : सन्दीपको टिमले बनायो उच्च स्कोर, बांगलालाई ११५ रनको लक्ष्य

डिसी नेपाल
१ मंसिर २०७६ २०:१८

काठमाडौं। यूएईमा जारी टी टेन लीग प्रतियोगिताको आइतबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटाका टस्करले पहिला ब्याटिंग गर्दै जारी सिजनकै उच्च स्कोर बनाएको छ। बांगला टाइगर्स विरुद्ध पहिला ब्याटिंग गर्दै टस्करले १ विकेटको क्षतिमा ११४ रन बनाएको हो।

टस हारेपछि पहिला ब्याटिंगको निम्तो पाएको टस्करका लासग जोन्सन चाल्र्स र कप्तान हासिम आमलाले उत्कृष्ट ब्याटिंग गरे। चाल्र्सले २९ बलमा ५७ रनको विस्फोटक ब्याटिं गर्नेक्रममा ४ छक्का र ४ चौका प्रहार गरे। आमलाले नटआउट ४७ रन बनाए। उनले पनि २९ बल खेलेका थिए।

पहिलो खेल जितेको टस्कर दोस्रो जितको खोजीमा छ भने पहिलो खेल हारेको बांगला टाइगर्स पहिलो जित निकाल्ने दाउमा छ। ११५ रनको लक्ष्य पाएको टाइगर्सले केही समयपछि ब्याटिंग गर्नेछ।

आइतबारै भएको यसअघिको खेलमा अर्का नेपाली क्रिकेटर पारस खड्का आवद्ध टिम आबुधाबीले जित हात पारेको छ। दुई खेल खेको आबुधाबीको यो पहिलो जित हो।

पहिलो जित हात पार्ने क्रममा आबुधाबीले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो। ९३ रनको लक्ष्य पाएको आबुधाबीले ४ विकेट गुमाएर ९ औं ओभरमा खेल जितेको हो।

आबुधाबीको जित ल्यूक राईटले ४८ रन बनाए भने कप्तान मोइन अलीले ३० रन बनाए। पारसले नटआउट एक रन बनाए। टिमलाई जितका लागि २ रन आवश्यक हुँदा नाटकीय रुपमा आबुधाबीले तीन विकेट गुमाएको थियो। पारसले एक बलमा एक रन बनाउँदै स्कोर लेभल गरे भने एल डेभिसले विजयी एक रन बनाए। पहिलो खेल बराबरी खेलको आबुधाबीले दोस्रो खेलमा जित निकालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *