मोरक्कोमा ५.३ म्याग्नीच्युडको भूकम्प

डिसी नेपाल
१ मंसिर २०७६ २२:१२

राबात (रासस/सिन्ह्वा) । उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो ।

भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *