आज सोमबार, कुन राशिका लागि शुभ कुन राशिका लागि अशुभ, हेर्नुहोस् दैनिक राशिफल

डिसी नेपाल
२ मंसिर २०७६ ५:३६

आजको पञ्चाङ्ग
मिति २०७६ साल मंसिर २ गते सोमबार, इस २०१९ नोभेम्बर १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० कछलागा। मार्ग कृष्णपक्ष। षष्ठी, १५ः४७ उप्रान्त सप्तमी। नक्षत्र– तिष्य।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाइमा मन जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । मायाप्रेममा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानीकास्रोतहरु फराकिला पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानीगर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो पाइने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *