भारतले जारी गरेको नयाँ नक्साप्रति टोकियोस्थित भारतीय दूतावासमा विरोध 

डिसी नेपाल
२ मंसिर २०७६ १३:३३

टोकियो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेको छ।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि एनआरएनएले विश्वभरमा रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर बिरोध गर्न निर्देशन गरेको थियो ।

आईसीसीको निर्देशनअनुसार एनसीसीको संयोजनमा सोमवार जापानमा कार्यरत नेपालीहरुले टोकियोस्थित भारतीय दूतावास अगाडी व्यापक विरोध गरेका हुन्।

ज्ञापान पत्र बुझाउने प्रयास भएपनि आन्तरिक नियम भन्दै,लिखित ज्ञापन पत्र भने बुझ्न दूतावसले मानेन् । प्रत्यक्षरूपमा ज्ञापन पत्र बुझ्न नमानेपनि  हुलाक मार्फत दूतावासको ठेगानामा पठाइएको छ।

ब्यानर तथा नेपाली राष्ट्रिय झन्डासहित सहभागी भएका नेपालीहरूले दूतावास अगाडि भारतका विरुद्धमा चर्को नाराबाजी समेत गरेका थिए।

र्यालिसहित शुरु भएको विरोध कार्यक्रमको गैरआवासीय नेपाली संघका केन्द्रिय कोषाध्यक्ष महेश कुमार श्रेष्ठले नेतृत्व गरेका थिए । उनले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *