सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस

डिसी नेपाल
२ मंसिर २०७६ १६:१९

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सिफारिस गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षता रहेको समितिले सिफारिस गरिएका नामका विषयमा कसैको कुनै उजुरी भए उजुरी गर्न आह्वान गरेको छ । उनीहरुका विषयमा कसैको कुनै गुनासो भए सोको लागि समितिले ५ दिनको समयसीमा दिएको छ ।

सार्वजनिक गरिएको नाममध्ये ५० जनाले आफैं आवेदन दिएका हुन् भने चार जनाको नाम विभिन्न संघ संस्थाबाट सिफारिस भएका हुन् । यस्तै सिफारिस समितिले पनि ७ जनाको नाम थपेको छ । समितिको तर्फबाट भन्दै सत्य निरुपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ताको अध्यक्षमा लोकेन्द्र मल्लिकको नाम राखिएको छ । भट्ट संवैधानिक कानूनका जानकार एवं नेपाल ल क्याम्पसका सहप्राध्यापक हुन् भने मल्लिक यसअघि वेपत्ता आयोगकै अध्यक्ष थिए ।

यस्तै सत्य निरुपणको सदस्यमा श्रीकृष्ण सुवेदी, मञ्चला झाको नाम पनि सिफारिस भएको छ । बेपत्तामा आइबहादुर गुरुङ र नरकुमार गुरुङको नाम फिारिस भएको छ । गंगाधर पराजुलीको नाम दुवै आयोगका लागि राखिएको छ । पराजुलीबाहेक चार पनि पूर्व पदाधिकारी हुन् । सत्य निरुपणकी पूर्वसदस्य माधवी भट्ट पराजुली पनि द्वन्द्व पीडित राष्ट्रिय समाजको तर्फबाट पुनः सिफारिसमा परेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *