नेपाल चलचित्र कलाकार संघ बेलायतको नेतृत्वमा रोमियन लिम्बू

डिसी नेपाल
२ मंसिर २०७६ १७:१९

लन्डन । नेपाल चलचित्र कलाकार संघ बेलायतको नयाँ नेतृत्वकाे जिम्मेवारी रोमियन लिम्बू केसीको काँधमा परेको छ । संघको प्रथम अधिवेशनले लिम्बुको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धुव्र दत्त र सुरेशराज पाठक, महासचिवमा रितेश चाम्स, सचिवमा सृजना निङलेखु, कोषाध्यक्षमा इन्दु लिम्बू र सहकोषाध्यक्षमा सन्तकुमार राई रहेका छन्।

त्यस्तैगरी सदस्यहरूमा क्षमता ढकाल, गोविन्द अर्मजा, दीपक मैथाने मगर, अनामिका तमु र प्रतिमा दुद्राज निर्वाचित भएका छन्

अधिवेशनमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी थिए । त्यस्तै विशेष अतिथिका रुपमा नेपाल चलचित्र कलाकार संघ (फान) का वर्तमान अध्यक्ष रविन्द्र अधिकारी, फानकी संस्थापक सदस्य वरिष्ठ कलाकार मीरा राणा र पूर्व उपाध्यक्ष तथा कलाकार धिरेन शाक्यको सहभागिता थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *