सन्दीप लामिछाने पोलार्डको फेला परेपछि
काठमाडौं। यूएईको आबुधाबीमा अहिले क्रिकेटको माहोल छ। क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी टेन लीगमा ब्याट्सम्यानहरु चौका र छक्काको वर्षात गरिरहेका छन्।
टी टेन लीग खेल्न यतिबेला दुईजना नेपाली खेलाडी आबुधाबीमा छन्। लेग स्पीनर सन्दीप लामिछाने र ब्याट्सम्यान पूर्व कप्तान पारस खड्का टी टेनको मजा लिइरहेका छन्।
खड्काले आफ्नो खेल देखाउने खासै मौका नपाए पनि सन्दीप लामिछाने भने आफ्नो टिम कर्नाटार्का टकर्सका लागि मुख्य खेलाडी हुन्। अघिल्लो दुई खेलमा तीन विकेट लिएर सनसनी मचाएका सन्दीपको सोमबार सामना भने क्यारेबियन विस्फोटक ब्याट्सम्यान कैरन पोलार्डसँग भयो।
पहिला ब्याटिंग गरेको सन्दीप आवद्ध कर्नाटाकाले ३ विकेटमा ११० रन बनाएर डेक्कनलाई १११ को लक्ष्य दिएको थियो। कर्नाटाकालागि चौथो र आफ्नो पहिलो ओभरमा सन्दीप लामिछानेको सामना न्यूजील्याण्डका डेभिचसँग भयो। सन्दीपले उनलाई खुलेर खेल्न दिएनन्। मात्र ५ रन दिए। तर, खेलकाे छैटो ओभरमा सन्दीपको सामना पोलार्डसँग भयो।
पोलार्डले सन्दीपलाई लगातार ४ छक्का प्रहार गरे। पाँचौ बलमा चौका प्रहार गरेका उनले अन्तिम बलमा २ रन बनाए। खेल करिअरकै सबैभन्दा धेरै रन दिनेक्रममा सन्दीपले एक ओभरमा ३० रन दिए।
२ ओभरमा ३५ रन दिएका सन्दीपले कुनै सफलता प्राप्त गर्न सकेनन्। र उनको टिम पनि ५ विकेटले पराजित भयो। पोलार्ड २२ बलमा ४५ रनमा नटआउट रहे।
Facebook Comment