गोविन्द केसी नबोलेपछि समिति बैठक स्थगित
काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले सांसदको प्रश्नको जवाफ नदिने बताएपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बुधबारसम्मका लागी स्थगित भएको छ।
बुधबार सिंहदबारमा बसको समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्नका लागी डाक्टर गोविन्द केसीलाई बोलाइएको थियो । डाक्टर केसीले लिखित रुपमा आफ्ना कुरा राख्दै सरकारले आफूसँग गरेको सम्झौता पटक पटक उलङ्घन गरेकै कारण आफू पनि पटक पटक अनशन बस्नुपरेको बताएका थिए।
त्यस्तै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार कार्यान्वयनका लागी राज्यले धेरै पटक प्रतिवद्धता जनाएपनि पुरा नभएको उनले बताए। आफ्ना लिखित भनाई राखेपछि सांसदले प्रश्न गर्दा डाक्टर केसीले यसअघि नै सरकारसँग सम्झौता भइसकेकाले आफू छलफलमा नबस्ने बताएका थिए। छलफलमा नबसेर आफूले संसद्को अपमान गर्न नखोजेको भन्दै उनले व्यक्तिगत रुपमा भने छलफलमा बस्ने बताएका छन्।
डाक्टर केसीले सांसदसंग थप छलफल नगर्ने भनेपनि यस विषयमा बुधबार थप छलफल गर्ने गरि बैठक स्थगित गरिएको समितिका जेष्ठ सदस्य मानवहादर बिकले जानकारी दिए।
संसद्ले हाल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अध्ययन तथा छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको छ । यसअघि समितिले मङ्गलबार माथेमा कार्यदलका सदस्यहरूसँग छलफल गरेको थियो।
Cialis 20 Mg Internet Oestrogel Mg generic cialis from india Avis Vente Levitra Internet Xenical Amazon