फिफा विश्व कप छनौट : कुवेतसँगको खेलको पूर्वसन्ध्यामा के भन्छन् नेपाली प्रशिक्षक र कप्तान?
काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनौट अन्तर्गत नेपालले मंगलबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतले न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।
‘हामी अघिल्ला खेलभन्दा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा रहेका छौँ,ु कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा प्रशिक्षक कालिनले भने, कुवेतले राम्रो गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौँ ।’
यस्तै प्रशिक्षक कालिनले कुवेतसँगको खेल निकै महत्वपूर्ण रहेको समेत स्पष्ट पारे । ‘यस खेल हाम्रो लागि महत्वपूर्ण रहेको छ । हामी कुवेतसँग प्रतिस्पर्धा गर्न तयार छौँ । मैले खेलाडीमा फोकस गरेका छौँ । खेलाडी प्रतिस्पर्धाका लागि राम्रो मुडमा छन्,’ कालिनले थपे ।
यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७(० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ ।
छनोटको समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै कुवेतका मुख्य प्रशिक्षक थामर इनाडले नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने बताए । ‘आशा छ हामी राम्रो खेल्ने छौँ र ३ अंक पाउने छौँ,’ प्रशिक्षक थामरले भने, ‘हामीले नेपाललाई सहज लिएका छैनौँ । नेपाल कमजोर टिम हैन ।
तर, विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा पर्दा नेपाली टिमलाई केहि असर भने पर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहदा अनुशासनहिन कार्य गरेको भन्दै विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले भुटान लगेको छैन ।
Facebook Comment