किन गए उपप्रधानमन्त्री यादव भारत?

डिसी नेपाल
२ मंसिर २०७६ २२:००

काठमाडौं। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव सोमबार भारत गएका छन्। उनी विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका हुन्।

औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव सोमबार भारतको नयाँ दिल्लीपुगेको उनका स्वकीय सचिव महेश चौरासियाले राससलाई जानकारी दिए ।

दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव तीन दिन भारतमा रहनेछन्। उनी आगामी मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *