स्पेनको सहज जित

डिसी नेपाल
३ मंसिर २०७६ ८:०६

एजेन्सी । स्पेनले युरोकप छनोटको अन्तिम खेलमा प्रभावशाली जित निकालेको छ । सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ। खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।

जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो ।

दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए। समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भईसकेका छन् ।

स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले । रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *