स्वीट्जरल्यान्ड र डेनमार्क युरोकपमा छनोट

डिसी नेपाल
३ मंसिर २०७६ ९:५६

एजेन्सी । स्वीट्जरल्यान्डले छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो ।

स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले एक–एक गोल गरे । रिस स्टेचिले एक गोल फर्काए । खेलको १०औं मिनेटमा सेडरिकको गोलबाट स्वीट्जरल्यान्ड खेलमा अघि बढेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको स्वीट्जरल्यान्डले थप ५ गोल गर्दा एक गोल खान पुगेको थियो । ५०औं मिनेटमा रुवेनले अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि स्वीट्जरल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा रिसले एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५औं मिनेटमा लोरिसले गोल गरेपछि स्वीट्जरल्यान्ड खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्वीट्जरल्यान्डले ६–१ को शानदार जित दिलाए ।

जितसँगै स्वीट्जरल्यान्ड समूह ‘डी’ मा ८ खेलबाट १७ अंक जोड्दै शीर्षस्थानमा रहेको युरोकपमा छनोट हुन सफल भयो । यही समूहको अर्को खेलमा डेनमार्क र आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै डेनमार्कले युरोकपमा छनोट हुन सफल भएको छ । बराबरीमा रोकिएसँगै आयरल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना छ । डेनमार्कको ८ खेलबाट १६ अंक छ । आयरल्यान्ड १६ अंकसहित तेस्रो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *