पासपोर्ट बिग्रेको नाटक गर्दै मड्रिडको अफर पाएका विलियन चेल्सीको अभ्यास खेलमा गएनन्

डिसी नेपाल
१५ साउन २०७५ १३:३७

एजेन्सी । चेल्सीका स्टार ब्राजिलियन मिड–फिल्डर विलियन क्लवको प्रशिक्षणमा उपस्थित भएका छैनन्।

यसअघि बार्सिलोना जाने हल्ला चलेको विलियनलाई रियल मड्रिडले अफर गरेपछि उनी चेल्सीको प्रशिक्षणमा उपस्थित नभएको द टाइम्सले जनाएको छ । रियल मड्रिडले ६५ मिलियन पाउण्ड अफर गरेपछि विलियन चेल्सीको प्रशिक्षणमा नगएका हुन् ।

तर उनले आफ्नो पासपोर्ट बिग्रीएकाले प्रशिक्षणमा उपस्थित नभएको प्रतिक्रिया दिएका छन् । यद्यपी विलियनको प्रतिक्रिया बहानामात्र भएको बताइएको छ । विलियन र मड्रिडले भित्रभित्रै सहमतिको प्रयास गरिरहेको हुनसक्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *