मुलुकमा अवसर चुनौती बनेर आयो : प्रचण्ड

डिसी नेपाल
३ मंसिर २०७६ १३:१६

रुपन्देही। नेकपा अध्यक्ष प्रचण्डले मुलुकमा यतिबेला ठूलो अवसर रहेको र सो अवसर चुनौती बनेर आएको बताएका छन्। मंगलबार रुपन्देहीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले संविधान जारी भइकसेपछि तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भइसकेपछि मुलुकमा ठूलो अवसर आएको बताएका हुन्।

स्थिर सरकार बनेपनि जनताले अनुभव गर्ने गरी काम हुन नसकेको गुनासा आउने गरेको भन्दै प्रचण्डले योबीचमा कानुन निर्माणको काम भएको र अब देखिने गरी काम हुने दाबी गरे।

‘विगतको जस्तो परिवर्तन नभएर अहिले ठूलो र गुणात्मक परिवर्तन पछि अहिले मुलुकमा ठूलो अवसर आएको छ,’ प्रचण्डले भने, ‘यो अवसर चुनौती पनि हो। यो अवसरलाई हामीले सदुपयोग गर्न सकेनौं भने मुलुकमा गम्भिर परिस्थिति आउँछ।’

प्रचण्डले विशेष गरी उद्योगी, व्यावसायीले लगानीमैत्री वातावरण नबनेको गुनासो गरेको भन्दै यो बीचमा सरकारको ध्यान कानुन निर्माणमा गएको र केही ऐनमा सुधार गर्नुपर्ने भए त्यसका लागि सरकार तयार रहेको समेत जनाए। उनले सरकार र निजी क्षेत्रबीच राम्रो समझदारी हुनुपर्ने बताउँदै नेपालमा लागानी मैत्री वातावरण बन्दै गएको बताए।

‘जनताले चाहेजस्तो विकासले गति लिएको छैन भन्ने जनगुनासो आएको मैले सुनेको छु,’ प्रचण्डले भने, ‘उद्योगी व्यापारीले पनि अपेक्षा गरेको जस्तो लागानीमैत्री वातावरण बनेन भन्ने गरेको सुनेको छु। लगानी मैत्री वातावरण बनाउन आवश्यक ऐन बनाउन सरकारले तदारुपता देखाए भन्ने व्यावसायीको गुनासो आएको छ। यो विषयम मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेको छु। केही काम भएका पनि छन्।’

उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलामा यस्तो गुनासो सम्वोधन गरिने बताए। प्रचण्डले केही ढिला भएपनि गलानी मैत्री वातावरण बनाउन र निजी क्षेत्रसँग सहकार्य गर्न ऐन र कानुनमा सुधार गर्ने प्रतिवद्धता पनि जनाए।

उनले मुलुकले समृद्धि र विकासको नारालाई मुख्य एजेण्डा बनाएको उल्लेख गर्दै समस्या देखिएका ठाउँमा सामुहिक रुपले छलफल गरेर निकास निकाल्ने बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *