खेलाडीहरुलाई कार्बाही गर्ने एन्फा पदाधिकारीमाथि छानबिनको माग

डिसी नेपाल
३ मंसिर २०७६ १४:५७

काठमाडौं। राष्ट्रिय फुटबल टीमका प्रमुख चार खेलाडी माथि कार्बाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी माथि छानबिन गर्न माग गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका एन्फाले बक्तव्य जारी गर्दै खेलाडीहरुलाई कार्बाही गर्ने एन्फा पदाधिकारीमाथि कार्बाहीको माग राखेका छन् ।

रातको समयमा खेलाडी बाहिरिएको भनिएकाले प्रशिक्षक, व्यवस्थापक र होस्टेल व्यवस्थापकमाथि छानबिन हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

विश्वकप छनोटजस्तो महत्वपूर्ण खेलमा खेलाडीहरुलाई स्पष्टिकरण नलिई कार्बाही गरिनुलाई उनीहरुले आश्चार्यको विषय मानेका छन् ।

एन्फाले राष्ट्रिय टीमका प्रमुख खेलाडीहरु बिमल घर्तिमगर, अञ्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कार्बाही गरेको छ । मंगलबार कुवेत विरुद्ध भुटानमा हुने खेलबाट उनीहरुलाई हटाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *