विश्वकप छनोटः नेपाल कुवेतसँग पराजित

डिसी नेपाल
३ मंसिर २०७६ १६:४१

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल आज कुवेतसँग पराजित भएको छ । नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा भएको थियो । खेलमा नेपाल १–०ले पराजित भएको हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा २८ औं मिनेटमा बाबर अल मुटावाले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । जीतसँगै कुवेत अंक तालिकाको शीर्ष स्थानको अस्ट्रेलियालाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । एकमात्र जीत हात पारेको नेपाल तालिकाको चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *