डिजेलसहित सिरहाबाट हराएको ट्याङ्कर धनुषामा रित्तो फेला

डिसी नेपाल
४ मंसिर २०७६ १२:०३

धनुषा । २ दिन अघि सिरहाको लहानबाट हराएको डिजेलसहितको ट्यांकर धनुषाको रमदैयामा फेला परेको छ ।

हराएको २ दिनपछि आज (बुधबार) बिहान साढे ७ बजे धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

डिजेल सहितको ट्याङ्कर किन र कसरी यहाँ ल्याएर छाडियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *