मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नयाँ मन्त्रीको सूची तयार

डिसी नेपाल
४ मंसिर २०७६ १६:३९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमै मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन्।
नेकपा सचिवालयको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरमै मन्त्रिपरिषद पुनर्गठन हुने पुष्टि गरेका हुन्।

‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरे अनुसार तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ,’ संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ।’

बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भएपनि गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहानै अर्का अध्यक्ष दाहाललाई लिएर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग पनि परामर्श गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *