वर्षौं कैदमा रहिन् सौतेनी छोरी, पिताकै ८ बच्चा जन्माउन बाध्य भइन्
काठमाडौं। उनी केवल ११ वर्षकी थिइन् जब उनका सौतेनी पिताले नै उनको अपहरण गरे त्यसपछि उनलाई वर्षौंसम्म कैदमा राखियो । यी वर्षहरुमा उनका सौतेनी पिताले उनलाई आफ्ना ८ सन्तान जन्माउन बाध्य पारे । कैदबाट भागेको ३ वर्षपछि अब उनले आफ्नो कहानी सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । अमेरिकी टिभी शो डा. ओजेड शोमा उनको अन्तरवार्ता प्रसारण हुनेछ ।
द सनको रिपोर्टअनुसार पीडिताकी आमालाई दुःख पुर्याउने उद्देश्यले सौतेनी पिताले उनलाई न् १९९७ मा अपहरण गरेका थिए । अमेरिकाको ओकलाहोमामा बस्ने ती बालिकालाई अपहरण गरेर मेक्सिको पुर्याइयो । मेक्सिकोमा सौतेनी पिताले जबरजती उनीसँग बिहे गरे । त्यपछि उनीसँग यौन सम्बन्ध राखेर ८ सन्तान जन्माए । यस क्रममा उनलाई एउटा पालमा राखिएको थियो ताकि अधिकारीहरुको नजरबाट बचाउन सकियोस् ।
२०१६ मा उनी आफ्ना सन्तानसँग भागेर अमेरिकी दूतावास पुगेकी थिइन् । भाग्ने क्रममा केही अन्जान व्यक्तिहरुले उनलाई सहयोग गरे । यही वर्ष सौतेनी पितालाई अपहरणको अभियोगमा अदालतले दोषी ठहर गरेको छ । बलात्कारको अभियोगमा अदालतको फैसला आउन बाँकी नै छ । केही समयअघि अष्ट्रियामा पनि यस्तै घटना सार्वजनिक भएको थियो जहाँ एक व्यक्तिले आफ्नै छोरीलाई लामो समय कैद गरेर राखेका थिए । २४ वर्षको अवधिमा उनले ७ सन्तान जन्माएकी थिइन् ।
Facebook Comment