जाँदा जाँदै गोकर्ण विष्टको भावुक सन्देश–ज्यामी जस्तै काम गरेँ, प्रधानमन्त्रीप्रति कृतज्ञ छु

डिसी नेपाल
५ मंसिर २०७६ ११:४९

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। मन्त्रिपरिषद पुनर्गठन गर्दा केही चर्चित मन्त्रीपनि बाहिरिएका छन्। तिनै मध्य एक हुन् गोकर्ण विष्ट। श्रम तथा रोगजार मन्त्री रहेका विष्टको ठाउँमा पूर्व माओवादीबाट रामेश्वर राय यादव नयाँ मन्त्री बनेका छन्।

पहिलो पटक उर्जा मन्त्री बन्दा विष्टले गरेको राम्रो काम सबैले सम्झिएका थिए। यो पटक पनि विस्टबाट त्यस्तै अपेक्षा गरिएको थियो। उनले शून्य लागतमा मलेशिया, जापान र यूएईमा नेपाली कामदार पठाउने देखि सामाजिक सुरक्षा कोषको घोषणा गरेका थिए, जसलाई सरकारले ठूलो उपलब्धिका रुपमा घोषणा गरेको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेका मन्त्री विष्टले नै गरेका थिए। जसलाई सरकारले ऐतिहासिक उपलब्धि बताएको थियो।

तर बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ती ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने बर्खास्त भए। जाँदा जाँदै निमर्तमान मन्त्री विष्टले सामाजिक संजाल फेसबुकमा निकै भावुक र मार्किक स्टाटस लेखेका छन्।

उनले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

उनले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको उल्लेख गर्दै लेखेका छन्–मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु। सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *