जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख महराद्वारा पुनरावेदन

डिसी नेपाल
५ मंसिर २०७६ १७:२५

काठमाडौं। यौन उत्पीडन आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका छन्।

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गरेको विरुद्ध बिहीबार पुनरावेदन गरेको महरा निकटले जानकारी दिएका छन्।

संसद सचिवालयकी एक कर्मचारीको कोठामा महरा रक्शीसहित पुगेको र उनले ती महिलामाथि बलात्कार गरेको पीडित महिलाले भिडियो अन्तवार्ता दिएकी थिइन्। त्यसपछि सभामुख पदबाट गएको असोज १४ गते राजीनामा दिएका महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए।

करिब २५ दिन हिरासतमा रहेका महरामाथि जिल्ला सरकारी वकीलको कार्यालय जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्दै साढे ७ वर्षको जेल सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि महरा डिल्लीबजारस्थित कारागार चलान गरिएका थिए। उनी हाल डिल्लीबजार कारगारमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *