लगातार २ विकेट लिएसँगै सन्दिपको व्यक्तिगत ४ विकेट, युएइको आठौं विकेट गयो
काठमाडौं। एशियाकप छनोटमा युएइविरुद्ध खेलिरहेको नेपालले आठौं सफलता पाएको छ । सन्दिप लामिछानेले लगातार २ विकेट लिएसँगै युएइको आठौं विकेट गएको हो । ४५ औं ओभरको चौथो र पाँचौं बलमा सन्दिपले अब्दुल शकुर (१०) र मोहम्मद नावेद (०) लाई बोल्ड गरेका हुन् । अहिलेसम्म ४५ ओभरको खेल भएको छ र युएइको स्कोर ८ विकेटको क्षतिमा २१२ रन छ ।
एसिया कपमा छनोट हुन नेपाललाई यो खेलमा जित्नै पर्ने दबाब छ। एसिया कप छनोट खेलिरहेका ६ देशमध्ये शीर्ष स्थानमा रहने एक देशमात्रै एसिया कपमा छनोट हुनेछ। छनोट भएको टोली समूह ए मा पर्दै भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ। पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएसँगै जित्नै पर्ने दबाब आइपरेको हो। यस खेलमा पराजित भएमा नेपालको शीर्ष स्थानमा पर्ने सम्भावना लगभग सकिनेछ।
युएईले पहिलो खेलमा बुधबार नै सिंगापुरलाई २१५ रनको फराकिलो रनले पराजित गरेपछि नेपालमाथि दबाब झनै बढेको हो। अंकसँगै रनरेटका आधारमा पनि यूएई नेपालभन्दा माथि छ। ५० ओभरका खेलमा नेपाल र यूएई अहिलेसम्म १४ खेलमा आमने सामने भएका छन्। जसमा यूएई हावी देखिन्छ। यूएईले १० खेल जित्दा नेपालले तीन खेलमात्रै जित्न सकेको छ भने एक खेलमा बराबरीको नतिजा आएको छ।
अन्तिम पटक यी दुई टोली २०१८ मा भएको डिभिजन टू मा भिडेका थिए। जस लिग चरणमा भएको खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको थियो भने फाइनलमा पुनः यी दुई टोली नै भिड्दा यूएई ७ रनले विजयी भएको थियो।
Facebook Comment