नाकको शल्यक्रियाका कारण कोस्टा तीन महिना मैदान बाहिर
एजेन्सी । एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो । उनलाई निको हुन करिब तीन महिना लाग्ने बताईएको छ ।
शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् । यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन् ।
यस्तै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन् । समयमै ठिक भएको अवस्थामा फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्नेछन् ।
स्पेनका अन्तराष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एट्लेटिको फर्किएका थिए । उनले साढे २ सिजन क्लबमा बिताउँदा ४१ खेलमा मात्र ७ गोल गरेका छन् ।
एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले लोनमा रहेका चेल्सीका खेलाडी अल्भारो मोराटालाई गत समरमा स्थायी रुपमा क्लबमा राख्न सफल भएका छन् ।
त्यस्तै विश्व कीर्तिमानी मुल्यमा बेन्फिका र पोर्चुगलबाट जोआओ फिलिक्सलाई क्लबमा अनुबन्धन गरेका थिए । सन् २०१४ मा एट्लेटिकोलाई उपाधि जिताएका उनले सिजनमा २७ गोल गरेका थिए । लगत्तै उनी ३२ मिलियन पाउण्डमा चेल्सी गएका थिए ।
उनले जोसे माउरिन्हो र एन्टोनियो कोन्टे नेतृत्वमा चेल्सीमा लिग उपाधि जित्न महत्वपुर्ण भूमिका खेलेका थिए ।
Facebook Comment