टी–१० लिगमा क्रिस लीनको विष्फोटक ब्याटिङ, के कोलकातालाई पछुतो होला ?
काठमाडौँ । जारी टी–१० लिगमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लीनको आक्रामक ब्याटिंगको अहिले निकै चर्चा भएको छ । मराठा अरेबियन्सका कप्तानसमेत रहेका लीनले गएराती भएको दिल्ली बुल्सविरुद्धको खेलमा ३३ बलमा ८९ रन बनाएर आफ्नो उत्कृष्ट फर्मको प्रदर्शन गरेका छन् । लीनले यस अघि ६१ र ९१ रनको विष्फोटक पारी खेलेका थिए ।
लीनको विस्फोटक ८९ रनको पारीको मद्दतले मराठा अरेबियन्सले दिल्ली बुल्सलाई ३० रनले पराजित गरेको छ । लीनले ३३ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए । यस अघि लीनले टीम आबु धाबीविरुद्ध ३० बलमा ९१ रन बनाएका थिए । सो खेलमा लीनले ७ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै अर्को खेलमा लीनले कर्नाटका तस्कर्सविरुद्ध ३१ बलमा ६१ रन बनाएका थिए जसमा ६ छक्का र एक चौका प्रहार गरेका थिए ।
हालै आइपिएल टिम कोलकोता नाइट राइडर्सले लीनलाई रिलिज गरेकोमा कोलकोताको निकै आलोचना समेत भएको छ । अब यी आक्रामक ब्याट्सम्यानलाई आफ्नो आइपिएल टिममा लिनेमा आइपिएल फ्रेन्चाइजीबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ । जारी टी–१० लिगमा मराठा अरेबियन्स अहिलेसम्म ४ खेलमा २ खेलमा जित हासिल गरेको छ भने एक खेल बिना नतिजा सकिएको छ र एक खेलमा हार बेहोरेको छ । समुह बी मा रहेको मराठा समुहमा शिर्ष स्थानमा रहेको छ ।
Facebook Comment