बर्खास्त गरिएका प्रशिक्षक पोचेटिनोलाई भित्र्याउन ठूला क्लवको प्रतिस्पर्धा

डिसी नेपाल
६ मंसिर २०७६ १२:३४

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामबाट बर्खास्तमा परेका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई ठूला क्लबले भित्र्याउने प्रयास सुरु गरेका छन् । पोचेटिनोलाई भित्र्याउने दौडमा पछिल्लो समय क्लब बार्सिलोना अगाडि आएको छ । द सनको रिपोर्ट अनुसार बार्सिलोनाले अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई भित्र्याउने पहल सुरु गरेको छ ।

यस सिजनमा आशा गरेअनुसार प्रदर्शन गर्न नसकेपछि दबाबमा रहेका अर्नेष्टो भालभर्देको ठाउँमा बार्सिलोनाले पोचेटिनोलाई भित्र्याउने दौडमा सामेल भएको हो । पोचेटिनोलाई अहिले जर्मनी जाइन्ट बायर्न म्युनिखले पनि अनुबन्ध गर्ने प्रयासमा छ । बायर्नले पनि आफ्ना प्रशिक्षक निको कोभिकलाई बर्खास्त गरेर अहिले अन्तरिम कोचले काम गरिरहेको अवस्था छ ।

पोचेटिनोले २०१७ मा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया लामो समयदेखिका साथी रहेपनि आफ्नो बार्सिलोनाको प्रशिक्षक बन्ने योजना नरहेको बताएका थिए । पोचेटिनोले टोटनह्यामलाई गत सिजनमा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए भने पछिल्ला ४ सिजनमा टोटनह्यामलाई प्रिमियर लिगको टप तीन क्लब बनाएका थिए ।

अहिले पोचेटिनोलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, रियल मड्रिड, पिएसजी, आर्सनल, एसी मिलान र बार्सिलोना जस्ता ठूला क्लब अगाडि आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *