जब ग्रेस मिलानेलाई यौन सम्पर्क गरेरै मार्नेलाई अदालतले दोषी ठहर गर्यो…
काठमाडौं। बेलायतबाट घुम्न गएकी २१ वर्षकी युवती ग्रेस मिलानेलाई यौन सम्बन्धका क्रममा मार्ने न्यूजिल्याण्डका युवकलाई अदालतले दोषी ठहर गरेसँगै मिलानेका मातापिता अदालतमै भक्कानिए । यी युवकले ग्रेस मिलानेलाई यौन सम्बन्धकै क्रममा उग्र भएर घाँटी थिचेर मारेका थिए । त्यसपछि उनको शवलई एउटा सुटकेसमा राखेर जंगलमा लगेर गाडेका थिए ।
डेभिड मिलाने अकल्याण्ड हाइकोर्टको सिढीमै बसे र आँसुको साथमा आफ्नी छोरीलाई श्रद्धाञ्जली दिए । ग्रेसकी आमा गिलले चुपचाप आँसु पुछिन् । अदालतबाहिर आँसुले भरिएका आँखासहित डेभिड मिलानेले भने ‘ग्रेस सुन्दर, प्रतिभाशाली र मायालु छोरी थिइन् । ग्रेस हाम्री ‘सनशाइन’ थिइन् र हामी उनलाई सधैं मिस गर्नेछौं ।’
ग्रेसको हत्या गर्ने युवकलाई दोषी ठहर गर्न ३ दिनसम्म सुनुवाइ चल्यो । सुनुवाइका क्रममा उनले ग्रेस फिफ्टी शेड्स अफ ग्रे फिल्मकी फ्यान भएको र यौन सम्बन्धका क्रममा आफूलाई उग्र हुन उक्साइरहेको दावी गरेका थिए । उनले यही क्रममा ग्रेसको दुर्घटनावश मृत्यु भएको दावी गरेका थिए । उनले ग्रेसले उग्र यौन सम्बनधको आनन्द लिएको पनि दावी गरेका थिए ।
अदालतले भने ती आरोपीले ग्रेसको नभइ आफ्नै यौन आनन्दको लागि उन्मादमा अत्याधिक उग्र यौन सम्बन्ध राख्ने क्रममा ग्रेसको घाँटी थिचेको ठहर गरेको छ । उनले ग्रेसको मृत्युपछि पनि उनले पोर्न हेरेको आधारमा यस्तो निष्कर्ष निकालेको हो । उनले नियतवश नै ग्रेसको शवलाई सुटकेसमा हालेर जंगलमा गाडेको, कोठामा लागेको उनको रगत सफा गरेको र उनलाई गाड्नुभन्दा अगाडी अर्की युवतीसँग डेटिङमा गएको आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो । उनलाई आगामी फेब्रुअरीमा सजाय सुनाइनेछ ।
डेभिड मिलानेले फैसलापछि भने ‘उनी (ग्रेस) यस्तो निर्दयी तरिकाले मारिन लायक थिइनन् । ग्रेसलाई हामीबाट सबैभन्दा निर्मम तरिकाले टाढा लगिएको छ । हाम्रो परिवार र जीवन पूरै उजाड भएको छ । हाम्रो बाँकी जीवन पूरै उजाड नै रहनेछ ।’ उनले अगाडि भने ‘आज भएको हत्याको फैसला मिलाने परिवारका सबै सदस्यबाट स्वीकार गरिनेछ । तर, यसले हामीले भोगेको पीडालाई भने घटाउन सक्ने छैन ।’
Facebook Comment